मृत्यु डायरी
()
About this ebook
'मृत्यु डायरी' प्रियजन गुमाउनेहरू वा मृत्युलाई चिन्न र बुझ्नेहरूप्रति समर्पित छ । यो वियोगको मात्र कथा नभएर योगको पनि कथा खोज हो । यसभित्र सर्वप्रथम योग त्यसपछि वियोग र वियोगले जुराइदिएको जीवनको सर्वोत्कृष्ट संयोग समेटिएको छ । यो जीवनप्रतिको आसा, भरोसा, आत्मविश्वास र प्रेरणाको कथा हो । क्यान्सर, कोरोना, मोर्फिन, प्यालिएटिभ केयर, मृत्यु र ती विषयवस्तुमाथिको अनुसन्धान र ह्याम्लेटको नियतिको कथा लेखनले पुस्तकलाई रोचक र पठनीय बनाएको छ ।
The book vividly portrays the depths of human vulnerability and resilience. It explores themes of mortality, palliative care, fear, and the transformative nature of human connections, revealing the delicate balance between life and death and imparting invaluable lessons on mortality.
"पुस्तकले जीवन र मृत्युलाई गहिरिएर नियाल्ने अवसरमात्र दिएको छैन, जीवन र मृत्युको पाठ पनि सिकाएको छ ।"
– के ट्रेल
०००
"जीवनबाट बिदा मागेका रेशमलालको कथा हो, 'मृत्यु डायरी' । लेखकले व्यक्तिगत विषय, घटना र चरित्रलाई 'सार्वभौम' बनाइदिएका छन् ।
लेखक पुस्तकमा पोखिँदा मैले पाएको 'चुरो–कुरो' भनेकै लेखकीय इमान्दारिता हो । पुस्तकले दुईवटा पक्ष पाठकलाई दिएको छ– एउटा 'फिलिङ्स' र अर्को 'गाउँले पारा' । भन्छु" – पुस्तक पढिरहँदा पाठक चलचित्र हेरिरहेको हुनेछन् ।
– गोपीकृष्ण ढुंगाना
साहित्यकार/सञ्चारकर्मी
TULASI ACHARYA
Tulasi Acharya was born in the South Asian country of Nepal. He completed his Master's degree in English in Tribhuvan University in Kathmandu. He also taught English and Journalism courses at colleges in Nepal, where he authored textbooks on mass communication and journalism. A prolific writer, Acharya published short stories, poems, and articles in Nepali journals, national newspapers and online. He moved to the United States in 2008 to pursue a Master's degree in creative writing. He holds a Ph.D. in Public Administration from Florida Atlantic University, USA. Originally from Nepal, Acharya has a Master's degree in Women's Studies and a degree in Professional Writing. His research interests are disability, policy, gender and sexuality, marginalized narratives, critical theory, and post colonialism, including creative writing and translation.
Read more from Tulasi Acharya
Katai Bomb, Katai Bamjan Rating: 0 out of 5 stars0 ratingsMochan Rating: 0 out of 5 stars0 ratingsस्वप्नभूमि Rating: 0 out of 5 stars0 ratingsशेक्सपियर कथा सङ्ग्रह Rating: 0 out of 5 stars0 ratings
Related to मृत्यु डायरी
Related ebooks
मनको मझेरी Rating: 0 out of 5 stars0 ratingsJustice on the Hills Nepali Version Rating: 0 out of 5 stars0 ratingsकिरात लिम्बू संस्कृति – मानवशास्त्रीय विवेचना: साँबा फयङ नालीबेली Rating: 0 out of 5 stars0 ratingsतुङदुङ्गे मुन्धुम – किरात आख्यान – एक अध्ययन Rating: 0 out of 5 stars0 ratingsDepressie – Acedia En Donkere Nacht Rating: 0 out of 5 stars0 ratings
Reviews for मृत्यु डायरी
0 ratings0 reviews
Book preview
मृत्यु डायरी - TULASI ACHARYA
मृत्यु डायरी
TULASI ACHARYA
Published by Bhundipuran Publication, 2023.
While every precaution has been taken in the preparation of this book, the publisher assumes no responsibility for errors or omissions, or for damages resulting from the use of the information contained herein.
मृत्यु डायरी
First edition. September 15, 2023.
Copyright © 2023 TULASI ACHARYA.
ISBN: 979-8223563051
Written by TULASI ACHARYA.
Also by TULASI ACHARYA
Mochan
Running from the Dreamland
Katai Bomb, Katai Bamjan
Living by Memories
Handbook Of Professional, Business & Technical Writing, And Communication And Journalism: A Reference Guide To All Kinds of Writing
Sex, Gender and Disability in Nepal
I Won't Marry
शेक्सपियर कथा सङ्ग्रह
स्वप्नभूमि
Gender, Disability, and Literature: Reading the Works of Jhamak Ghimire and Parijat
Class Rigidity in Jane Austen's Persuasion
मृत्यु डायरी
Watch for more at TULASI ACHARYA’s site.
Table of Contents
Title Page
Copyright Page
Also By TULASI ACHARYA
मृत्यु डायरी
2 पृथ्वी ढलेको दिन
3 सम्झनाहरू
4 जरै उखेलियो, हाँगाको के काम ?
5 मानिस, नदी र पहाडका आँसु
6 धुवाँको आयु, मुस्कानको मूल्य
7 अमेरिकी सपनाको उडान
8 सत्यको पीडाभित्र भ्रमको खुसी
9 अर्को अन्त्यको साक्षी
10 पीएचडीको ट्याग
11 प्यालिएटिभ केयरले दिएको पीडा !
12 प्रदूषण, प्राणायाम र प्राज्ञिक काम
13 जीवनका हरफहरूमा ‘मृत्युको बिम्ब !’
14 खुइलिएको सोफामा खोक्रो शरीर
15 मृत्यु उत्सवमा रमझम !
16 सत्य लुकाउने सकस
17 जब उनले ईश्वर मरेको घोषणा गरिन्... !
18 खुसी पनि, पीडा पनि
19 जब ज्यान मुरली बन्यो !
20 अनिणर्यको बन्दी बन्दाको क्षण
21 सिसुवामा विदीणर् मनको सुसेली
22 इमेल, दिपाङ ताल र तास
23 निभ्न लागेको बत्तीको उज्यालो
24 ह्यामलेटको नियति
25 समाचार
26 शनिबारको भय
27 सामीप्य
28 ढिँडो, गाँजा र मनिषा
29 बिरामीको अधिकारबारे विमर्श
30 मनको बोझ बिसाएपछि...
31 मृत्युलाई मोर्फिनको निम्तो !
32 कोरोनाको त्राससँगै मिराकलको आस
33 डर, त्रास र अन्योलको दिन
34 लकडाउनमा पास, सास र आस
35 सेतीमा विसर्जित सपना
36 पूरा नभएका सपना
37 मृत्युलाई सम्झँदा
38 बिम्बहरू
39 संस्कृति
40 मृत्यु एक पाठ
Sign up for TULASI ACHARYA's Mailing List
Further Reading: Mochan
About the Author
कर्मण्येवाधिकारस्ते माफलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोस्त्वकर्मणि ॥
मृत्यु डायरी
बियोगदेखि योगसम्म
लेखक
डा. तुलसी आचार्य
मृत्यु डायरी
प्रकाशक ः भुँडीपुराण प्रकाशन
बागबजार, काठमाडौं
लेखक ः डा. तुलसी आचार्य
सम्पादक ः गोपीकृष्ण ढुंगाना, दर्शनाचार्य
सर्वाधिकार ः लेखकमा
विधा ः संस्मरण
प्रथम संस्करण ः २०८० भाद्र
मूल्य ः USD 12
सम्पादकीय सम्प्रेषण
डिस्कोर्स अन ‘डेथ डायरी’ !
मानिस जन्मेपछि कसरी सुरक्षित हुन्छ ? उसको आयु कति लामो छ ? र, मृत्युको घडी कसरी आउँछ ? यी तीन कुरा मानिसका लागि ईश्वरले बनाइदिएका रहस्य हुन् । विश्वप्रसिद्ध अंग्रेजी लेखक लियो टाल्सटायले एउटा कथामा लेखेको सन्दर्भ हो यो । जिन्दगीका रहस्य हजारौं होलान् तर सबै लेखिन्छन् भन्ने हुँदैन । सबैले लेख्दैनन् पनि । कोही चुपचाप भोग्छन् त कसैले भोगाइ परिवारलाई सुनाउँछन् अनि कसैले आफन्त र साथीभाइसम्मलाई ।
हजुरबुबा र हजुरआमाको मृत्यु पुस्तक बन्ने अवस्था भए पनि लेखक, साहित्यकार अनि पत्रकार भएर पनि म स्वयंले एक/एक लेखमा सीमित गरें । दुर्घटनाका अनेक कारणले बडीबाको छोरो भाइ तोया, ठुलीआमाकी छोरी दिदी मीना, काइली सानीमाको छोरो भाइ हरि र कान्छी सानीमाको ज्वाइँ भोलाले ज्यान गुमाएका सन्दर्भको मात्र पनि छुट्टै पुस्तक बन्छ तर पनि लेख्ने हिम्मत गर्न सकेको छुइनँ । यी लेखिनुपर्ने विषय हुन् । ‘मृत्यु डायरी’को यो पाण्डुलिपी सम्पादन गरिरहँदा यी सबै मृत्युका डायरीहरू लेख्न घच्घच्याइरहेका पनि हुन्, तुलसी आचार्यले ।
सम्भवतः तुलसीले मजस्तै थुप्रैलाई आफूसँग सम्बन्धित यस्ता थुप्रै भोगाइ लेख्न प्रेरित गर्ला । धेरैले लेख्नु पनि होला । तर रहस्यात्मक यस्ता भोगाइबारे सार्वजनिक रूपमै असरल्ल पोख्ने र परिवारका घटनालाई इतिहास बनाउने काम कमैले गरेका हुन्छन् । चानचुने प्रयासले यो सम्भव पनि छैन । यही सूचीमा सूचीकृत हुन पुगेका स्रष्टा हुन्, डा. तुलसी आचार्य । उनले यसभित्र जे लेखेका छन्, त्यो अब सबैको भएको छ ।
बाँचेको छु, मरेको छु
पल पल हरेक पल मरिरहेको हुन्छ बाँचिरहेको मानिस । पल पल हरेक पल बाँचिरहेको देखिने कैयौं मानिस पनि भित्रभित्रै मरिरहेका हुन्छन् । यो यथार्थ तपाईं हामी सबैजसोले अनुभव गरेकै हो । यसरी हेर्दा हरेक मानिस कम्तीमा एउटा पुस्तक जन्माउने सामथ्र्य राख्छ । खासमा जीवन भोगाइलाई खास बनाउने हो भने ‘सेयरिङ कल्चर’मा जानुपर्छ । यस अर्थमा डा. आचार्य बधाईका पात्र हुन् । ‘मृत्यु डायरी’कै लागि यो ‘सम्पादकीय सम्प्रेषण’ कुँदिरहँदा एउटा फेसबुक स्टाटस देखें- ‘समय फेरि आउँछ जिन्दगी बदल्नलाई, जिन्दगी फेरि आउँदैन समय बदल्नलाई ।’ यति मन छोयो कि व्यक्त गर्ने शब्दै पाइनँ । यसैले पनि जिन्दगीलाई यति नै गहन र सार्थक बनाउन मन छ । कास ! यो मन तपाईंको पनि भैदिए !
सम्पत्ति, स्वास्थ्य र पदको भ्रम
सम्पत्ति भएको मानिस, पदमा आसीन मानिस र स्वस्थ्य मानिसलाई लाग्नसक्छ- म सधैं यस्तै अवस्थामा रहन्छु । म अमर छु । अरू कुनै कारणले मरे होलान् भन्ने उनीहरू ठान्दछन् । जब मानिसले जिन्दगीको यथार्थ बुझ्छ नि तब ऊ झल्याँस्स ब्युँझन्छ । सम्पत्ति सकिएर गरिब हुनु परेको वा अरूसँग माग्दै हिँड्नु परेको पल बल्ल उसले सम्पत्तिको महŒव थाहा पाउँछ र नहुनेलाई हुनेले दिनुपर्ने रहेछ भन्ने ज्ञान उसमा आउँछ । पदमा रहेको मानिसले आफूलाई यही समाजमा छु भन्ने पनि बिर्सन सक्छ तर जुन दिन ऊ पदच्युत हुन्छ त्यस दिन पानी परेपछिको आकाश झैं छर्लङ्ग हुन्छ ऊ । जब मानिस रोगले थलिएर ओछ्यान पर्छ वा अस्पतालको बास हुन्छ वा निको नहुने भयानक रोगले थल्याउँछ, तब हिजोसम्म स्वास्थ्य छु भनेर फूर्ति देखाउने उसले पनि यो दुनियाँलाई हेर्ने दृष्टिकोण पूणर्रूपमा बदल्छ ।
डायरीका पानाहरू पल्टाउँदै जाँदा
‘मुत्युदेखि किन डराउने ? यो त जीवनकै सुन्दर अनुभूति होइन र !’ फिस्चरले त लेखे तर के हामी मृत्युलाई जीवनकै सुन्दर पक्ष ठानेर सुम्सुम्याउन सक्छौं ? के मृत्युदेखि नडराई बस्न सक्छौं ? ‘मृत्यु डायरी’लाई आधार मान्ने हो भने लेखककी सासू गीतादेवीको सन्दर्भमा भने फिस्चरका यी दुवै वाक्य सही ठहरिएका छन् । उहाँले जीवनलाई अधिकतम उपयोग गरेर सुन्दर बनाउनु भयो र मृत्युदेखि डराउनु भएन । किनकि त्यो परिस्थितिको सामना उहाँले गर्नै परेन भने पनि भो ।
तर ठीकविपरीत सन्दर्भको सामना गर्नुपर्यो गीतादेवीकै पति रेशमलाल अर्थात् लेखकका ससुराले । डायरी पढ्दा लाग्छ, उहाँ मृत्युदेखि जीवनका अन्तिम घडीहरूमा धेरै डराउनु भयो । सायद पलपल मृत्यु बोकेर हिँडिरहँदा त्यस्तो भयो पनि होला जुन स्वाभाविक हो । ती डरका अनेक रूपले कति आक्रमण गरे होलान् ? कति चैं भने उहाँले मृत्युबोधका अनेक पीडालाई सन्तानसमक्ष राखेर पिर्ने काम गर्नु भएन । जे पर्यो, त्यो खपेरै लुकाउनुभयो । सबै सन्तानले धरतीजस्ता यस्ता अभिभावक नपाउन सक्छन् । फिस्चरले भने झैं मृत्युदेखि नडराउन सकेको भए र जीवनलाई क्यान्सर लागेपछिका पीडाबाट मुक्त राखेर सुन्दर अनुभूति गर्न सकेको भए राम्रै हुन्थ्यो सायद ।
चिकित्सक क्यलनिथिको भनाइ पुस्तकमा उल्लेख छ, ‘मैले मेरा क्यान्सरका बिरामीलाई दुखाइका बारेमा बुझाएँ तर जतिबेला म आफंै क्यान्सर रोग लागेर दुख्न थालें, त्यतिबेला थाहा भयो मैले बुझेको दुखाइ त कहाँ मैले बुझाए जतिमात्र रहेछ र ? डाक्टर भएर बिरामीको उपचार गर्नु र आफंै बिरामी भएर डाक्टर भए ठाउँ जानु दुई फरक अनुभव रहेछन् । बिरामीको दुखाइको लेभल डाक्टरलाई थाहा हुँदो रहेनछ ।’ अनि...? कास्, फिस्चरलाई क्यलनिथिसँग भेटाइदिन पाएको भए...!
डेनिस लेखक हान्स क्रिश्चियन एन्डरसनले भनेका रहेछन्, ‘जीवनमा बाँच्नुमात्र पर्याप्त छैन, स्वतन्त्र भएर खुसीसाथ फुल्न सक्नुपर्छ ।’ झन्डै ५० वर्षे मेरो जीवनले आजसम्मको जगत् भोगुन्जेल म पनि यही वाक्यलाई आदर्श मान्दै आएको छु । यथार्थ त फरक पनि हुनसक्छ । यो त रोगले नछोपुन्जेलका कुरा हुन् मेरो बुझाइमा । रेशमलाल र रेशमलालहरूको जीवनको अन्तिम घडीमा के यो सम्भव छ ? जन्म छ र त मृत्यु छ । तर यी दुई कहिल्यै नभेटिने दूरीमा रहन्छन् नदीका दुई किनारा जस्तै ।
त्यसैले भन्छु- जीवन भर्सेस मृत्यु ! मृत्युलाई सजिलै लिन सकिन्न भन्ने निष्कर्ष मलाई ‘मृत्यु डायरी’ले दिएको छ । मानौं न, हरेक दिन मृत्यु देखिरहेको एउटा सर्जरी गर्ने डाक्टर आफंैले मृत्यु भोग्नु पर्यो भने ऊ कति अत्तालिन्छ होला ? अनि हरेक दिन आर्यघाटमा लास जलाउने मानिसलाई परिवारको सदस्य जलाउनु पर्दाको पल कस्तो र कति पीडादायक हुँदोहोला ? मृत्यु पनि दुई खाले हुन्छ सायद । एउटा उमेर पुगेर अर्को नपुगी । रेशम र गीताको उमेर पुगेर मृत्यु भएको होइन । त्यसैले यसरी अचानक बुवाआमा गुमाउनु पर्दाका पलहरूले कति, कस्तो र कहिलेसम्म पीडा देला खासगरी सन्तानलाई ? भुक्तभोगीले यसको जवाफ सहज ढंगले देलान् अनि यसमा मार्क पनि ‘डिस्टिङ्सन’ ल्याउँलान् । बाँकी अरूले त ‘अन्दाज’ गर्ने न हो । पुस्तकले यी सबै पाटा समेटेको छ । ‘मृत्यु डायरी’मा जीवन र जगत् छ र त यसले जोकोही पाठकको मुटु एकपटक अवश्य छुनेछ ।
भन्छु- पुस्तक पढिरहँदा पाठकले चलचित्र हेरिरहेको हुनेछ । किनकि पुस्तकको सशक्त पक्ष भनेको सलल बगेको प्रस्तुति हो । हुनत सोहीअनुसार विषयवस्तुको छनोट र लेखन छ । अब के होला ? अब कसो होला ? भन्ने जिज्ञासा पाठकलाई जगाइरहन सक्नु पनि लेखकको विशेषता हो । मृत्युमाथि अब खुलेरै बहस गर्नुपर्छ भन्ने पाठ पनि पुस्तकले सिकाएको छ । मृत्युमात्र छैन मृत्यु डायरीमा, यौन पनि घुसेको छ बीचबीचमा । अमेरिकी समाजको संगतले सायद लेखक बेलाबेला यौन जीवनमा प्रवेश गर्छन् । अनि गर्छन् खुलमखुला बहस यसमा पनि ।
लेखकले पुस्तकमा पोखिँदा मैले पाएको चुरो कुरो भनेकै लेखकीय इमान्दारिता हो । कुनै पनि कुरा लुकाएका छैनन् उनले लेख्ने क्रममा । त्यसले दुईवटा पक्ष पाठकलाई दिएको छ- एउटा ‘फिलिङ्स’ र अर्को ‘गाउँले पारा’ । अंग्रेजीमा भन्दा ‘कोलोक्वाइल ल्याङ्ग्वेज’ । जसले पाठकलाई मिठास दिएको छ । यी दुईवटा कारणले किताब पढिरहँदा पाठक यसरी घुलमिल हुन्छ जसरी घोलिन्छ रंग । मृत्युका अनेक अनुहारलाई पाठकले सहजै पचाइदिन्छ, मिठो मान्दै, अनुभूति गर्दै अनि आफ्नै ठान्दै ।
लेखकीय क्षमता त्यहाँ पनि झल्कन्छ जहाँ उनी सासूससुराका सन्दर्भभन्दा बाहिर पुगेर संसार चिहाएका छन् । क्यान्सर रोग, तिनका प्रकार, किमोथेरापीका अनेक प्रकार, यससँग जोडिएका अनेक व्यक्तिको मृत्यु, यसबारे विभिन्न व्यक्तित्वले बोलेका सन्दर्भ र घटना आदि सबै समेटेका छन् उनले । यसले उनको लेखकीय आयाम फराकिलो बनेको छ । कसैलाई लाग्ला, म कुनै उपन्यास पढिरहेछु । खासमा पाठक संस्मरण पढिरहेको हुन्छ ।
सत्यमोहन, शब्दबिम्ब र मृत्यु डायरी
‘शब्दको संसारमा शताब्दी पुरुष सत्यमोहन जोशीलाई उतार्न पाए... !’ २०७९ सालको कात्तिकतिरको एक दिन यस्तै लाग्यो । हो, २०७९ असोज ३० गते आइतबार सखार जब सामाजिक सञ्जालमा सत्यमोहनले सदाका लागि धर्ती छोडेको खबर सनसनी भयो । त्यसपछि अन्नपूणर् पोस्ट् दैनिकमा ओपेड (विचार पृष्ठ) मात्र होइन, सकेजति धेरै पृष्ठमा सत्यमोहन जोशीलाई समेट्ने निणर्य भयो र जिम्मा पनि विचार पृष्ठ सम्पादक (ओपेड एडिटर)का हैसियतमा मैलाई दिनुभयो, प्रधान सम्पादक अखण्ड भण्डारीले ।
अग्रज, चर्चित, बौद्धिक र जोशीकै समकालीन व्यक्तित्वसँग जोशीबारे र जोशी जोडिएका घटना-सन्दर्भबारे लेख संकलन गर्न थालें । अधिकांशले आजको आजै ? सम्भव छैन भन्नुभयो । अनेक तानाबुना बुन्नुभयो । लेखक साहित्यकार पनि के र कसरी लेख्ने होला भनेर बहानाबाजीमै जुट्नुभयो । दैनिक अखबारमा काम गर्नेले यी कुराबाट हरेस खायो भने उसले यो पेसा नसमाएकै जाति । संयोग पनि उस्तै, त्यस दिन दिनभर अफिसको मिटिङ ! तै पनि भोलिपल्ट अन्नपूणर् पोस्ट्का ६ पेज पूरापुरी सत्यमोहन छापिए । फेरि शनिबार आयो । शनिबारे परिशिष्टांक ‘फुर्सद’ को पनि ‘को-अर्डिनेटर’ भएका कारण विशेषांक नै सत्यमोहनमा समर्पित गर्न मन लाग्यो, सम्भवतः ‘डिजर्भ’ गर्ने ऐतिहासिक व्यक्तित्व ठानेर । अझ गहन लेख, आलेखले ‘फुर्सद’ परिशिष्टांक छपक्क बन्यो ।
अन्नपूणर् पोस्ट्मा प्रकाशित यी दुई विशेषका लेख, आलेख आदि र अन्य दैनिक अनि अनलाइनहरूमा प्रकाशित सत्यमोहनसम्बन्धी सामग्रीले ‘इतिहास रच्’ भनेर मनलाई अह्रायो । हो पनि । यसरी नै सबैका आँखामा बसेका ऐतिहासिक व्यक्तित्व कैयौंले बिदा लिए तर यसरी प्रकाशित सामग्री कता हराए कता ! संग्रह गरें र भुँडीपुराण प्रकाशनलाई आग्रह गरेर बजारमा ल्याएँ- ‘शब्दबिम्बमा सत्यमोहन’ । यसमा सम्पादकीय लेखें, ‘समयले बनायो सत्यमोहन, सत्यमोहनले बनाए समय !’ जिन्दगीका दशकहरू बाँचेका सबै मानिसलाई समयले बनाएको हुन्छ र उनीहरूले पनि आफ्नो क्षमताले धेरथोर ‘समय’ बनाएरै गएका छन् । र, तिनको इतिहास पनि कसैले कोरिदिए हुन्छ ।
हो, रेशमलाल (६३) भण्डारी र गीतादेवी (५३) भण्डारीले बाँचेको समय समेट्ने हो भने केही पुस्तक बन्लान् । भण्डारी दम्पत्तीको निधनपछि कान्छो ज्वाइँ अर्थात् डा. आचार्यले जे समेटे त्यो नै पुस्तक बन्यो । यसले पनि ‘जिन्दगीका पानाहरू’ समेटेको छ र सिकाएको छ बाँचिरहेका मानिसका जिन्दगीहरूलाई अनेक भोगाइ । अनि सिकाएको छ, जन्मपछिको मृत्यु अर्थात् अन्तिम सत्य । अमेरिकाबाट आएको कान्छो ज्वाइँ तुलसी र काठमाडौंमा भएकी कान्छी छोरी कृपा भेट्ने र पतिको उपचार गर्ने भनेर घरबाट निस्कँदा जीवन गुमाएकी गीतादेवी र त्यसबेलादेखि क्यान्सरले गाँजेर अनेक पीडा सहेर जीवनबाट बिदा मागेका रेशमलालको कथा हो, ‘मृत्यु डायरी’ । लेखकले यी व्यक्तिगत विषय र चरित्रलाई ‘सार्वभौम’ बनाइदिएका छन् । जगदीश घिमिरेले आत्मालाप भन्दै लेखेको पुस्तक ‘अन्तर्मनको यात्रा’ले सबैजसो पाठकमा अमिट छाप छोडेको छ । मृत्यु डायरीले पनि आफ्नै छुट्टै छाप छोडोस्, कामना ।
गोपीकृष्ण ढुंगाना, दर्शनाचार्य
ओपेड एडिटर, अन्नपूणर् पोस्ट् दैनिक
काव्य-कुञ्ज, गठ्ठाघर, मध्यपुरठिमी नपा-३, भक्तपुर
२०८० भदौ ५ गते सोमबार
०००
तब शब्दहरू पुस्तक बने
जब पत्नी कृपाकी आमाको अचानक अवसान भयो, तब त्यसले उनका जीवनका सम्पूणर् रङहरू धमिल्याइदियो । इन्द्रेणीमय क्यानभासजस्तो उनको जीवनमा बदलाब आयो । अल्पायुमै अवसान भएपछि उनको होश गुमे झैं भयो कृपाको । उनका आँखाहरू सुके । ओठहरू कलेटी परे । आशाहरू मरे । सपनाहरू डढे । मानौं, उनका लागि सबै खरानी भयो ।
त्यो चोट, त्यो पीडा अनि त्यो दुःखान्त त्यतिमा सीमित रहेन । आमाको मृत्युपछि बाबुको अनुहार हेरेर बाँच्ने उनको झिनो आशा पनि आमालाई बिदा गरेको दुई महिनामै चकनाचुर भयो, जब उनले बुवालाई क्यान्सर भएको थाहा पाइन् । आमा बितेको पाँच महिनाभित्रै उनले जन्मदाता बुवा पनि गुमाइन् ।
बुवा जसलाई उनी ‘आशा, भरोसा, आँट, विश्वास र आत्मविश्वासको पहाड’ भन्थिन् । त्यही पहाड गल्र्यामगुर्लुम ढलेपछि कृपाको भरोसाको सगरमाथा के भयो होला ? हाम्री वर्षकी छोरी कृषालाई काखी च्यापेर त्यो दुःखान्तसँग उनी लडिन् । लागेको थियो त्यो पीडाले उनलाई गलाउनेछ, सदाका लागि तर धन्य, उनले साहस जुटाइन् र उभिइन् शोकलाई शक्तिमा परिणत गर्दै । त्यतिबेला थाहा भयो, मान्छेभित्र सहन सक्ने अथाह सासह प्रकृतिले दिँदोरहेछ भनेर ।
मानौं, त्यो तत्व फिनिक्स चरा हो जुन खरानीबाट उठेर फेरि उड्न सक्छ । पत्नीले बिताएका हरेक पल पति हुनुका नाताले बचाउने प्रयास गरिरहें । आशा मार्न र मर्न दिइनँ । कोसिस गरें आँसु झर्न नदिन । लाग्यो- उनले बाँचेभोगेको त्यो पल, आमाबुवासँगको सामीप्य र दुवैको अवसानसँगै उनको जीवनमा आएको बदलाब र मैले सिकेका पाठ आदि सबै सबै पुस्तकका पृष्ठमा जीवन्त बनाउँ ।
हो, अक्षर भएर बाँचे भने त्यो पत्नी तथा उनका आमाबुवाका लागिमात्र समर्पित हुने छैन, त्यो त आफ्नो जीवनमा आफ्ना आत्मीय मान्छेहरू गुमाउनेहरूका लागि एउटा आस र भरोसा पनि हुनेछ । हरेक आमाबुवा र छोराछोरीप्रतिको सम्बन्धलाई यस पुस्तकले अझ मजबुत बनाउनेछ । मृत्यु जीवन जस्तै एउटा पाठ हुनेछ । यही अभिप्रायले अभिभूत भएर यो पुस्तक लेख्न पुगें ।
आशा छ- पुस्तकले आँसुमात्र दिने छैन, जीवनप्रतिको आस, भरोसा, आत्मविश्वास र प्रेरणा पनि दिनेछ । मृत्युलाई बुझ्ने र जीवनलाई गहिरिएर नियाल्ने अवसर पनि दिनेछ । क्यान्सर, मोर्फिन, प्यालियटिभ केयरलाई आलंकारिक रूपमा पनि बुझ्न प्रेरणा मिल्नेछ । आमाबुवाको सामीप्य, प्रेम, सद्भाव, मानवीयता र त्यसले मानवीय जीवनमा दिने अर्थ र दर्शनलाई बुझ्न सहयोग मिल्नेछ । कोरोनाकाल र मृत्युसँगै आएको त्रास र त्यसभित्रको आशा दुवैलाई नियाल्न अभिप्रेरित गर्नेछ । मृत्युलाई चिन्ने र मृत्यु अभिशापमात्र नभएर वरदान पनि हुन सक्ने कुरालाई उजागार गर्नेछ ।
यसकारण, यो पुस्तक अब तपाईं सम्पूणर् पाठकलाई कामयावी हुनेछ । पक्कै पनि मानवीय त्रुटि बेगर म मानिस हुन सक्दिनँ । जिन्दगी नै सिकाइ भएकाले मैले पनि सिक्न धेरै बाँकी अवश्य छ । धेरै ठाउँ गल्ती गरेको हुन सक्छु । ती त्रुटि देखाएर सच्याउने अवसर दिनुभयो भने अवश्य सही राजमार्गमा हिँड्नेछु । यसको सम्पूणर् जिम्मा तपाईं पाठकलाई सुम्पिन्छु ।
अन्त्यमा, यस पुस्तकलाई आत्मैबाट इमान्दार भएर सम्पादन गरिदिने अन्नपूणर् पोस्ट् दैनिकका ओपेड एडिटर एवं साहित्यकार गोपीकृष्ण ढुंगाना, कभर डिजाइन गर्ने कार्टुनिस्ट वासु क्षितिज, पाण्डुलिपि पढेर प्रतिक्रिया दिने मुक्तिनाथ घिमिरे र पेशल पोख्रेल अनि शुद्धाशुद्धि हेर्नुहुने कृष्णप्रसाद रिमाललाई विशेष धन्यवाद दिन्छु । यसमा संलग्न भई प्रत्यक्ष एवं परोक्ष सहयोग पुर्याउनु हुने तपाईं सबैलाई एकमुष्ठ धन्यवाद । यस पुस्तकलाई प्रकाशन गरेर पाठकसमक्ष पुर्याई पुण्य काम गर्ने भुँडीपुराण प्रकाशनप्रति नतमस्तक छु ।
तुलसी आचार्य
टीकाथली, ललितपुर
1 Table of Contents
2 पृथ्वी ढलेको दिन
3 सम्झनाहरू
4 जरै उखेलियो, हाँगाको के काम ?
5 मानिस, नदी र पहाडका आँसु
6 धुवाँको आयु, मुस्कानको मूल्य
7 अमेरिकी सपनाको उडान
8 सत्यको पीडाभित्र भ्रमको खुसी
9 अर्को अन्त्यको साक्षी
10 पीएचडीको ट्याग
11 प्यालिएटिभ केयरले दिएको पीडा !
12 प्रदूषण, प्राणायाम र प्राज्ञिक काम
13 जीवनका हरफहरूमा ‘मृत्युको बिम्ब !’
14 खुइलिएको सोफामा खोक्रो शरीर
15 मृत्यु उत्सवमा रमझम !
16 सत्य लुकाउने सकस
17 जब उनले ईश्वर मरेको घोषणा गरिन्... !
18 खुसी पनि, पीडा पनि
19 जब ज्यान मुरली बन्यो !
20 अनिणर्यको बन्दी बन्दाको क्षण
21 सिसुवामा विदीणर् मनको सुसेली
22 इमेल, दिपाङ ताल र तास
23 निभ्न लागेको बत्तीको उज्यालो
24 ह्यामलेटको नियति
25 समाचार
26 शनिबारको भय
27 सामीप्य
28 ढिँडो, गाँजा र मनिषा
29 बिरामीको अधिकारबारे विमर्श
30 मनको बोझ बिसाएपछि...
31 मृत्युलाई मोर्फिनको निम्तो !
32 कोरोनाको त्राससँगै मिराकलको आस
33 डर, त्रास र अन्योलको दिन
34 लकडाउनमा पास, सास र आस
35 सेतीमा विसर्जित सपना
36 पूरा नभएका सपना
37 मृत्युलाई सम्झँदा
38 बिम्बहरू
39 संस्कृति
40 मृत्यु एक पाठ
२०७६ मंसिर १४
2 पृथ्वी ढलेको दिन
विमान यात्राको धङ्धङ्गी लागिरहेकाले सायद बिहान ५ बजेतिर बिउँझिइसकेको थिएँ । ६ बजिसकेको थियो । कृषा आमाको दूध चुस्दै थिइन् । कृषाका आँखा नदीको कोमल झरनाजस्तै लागिरहेका थिए । न्यानोपन महसुस भएको थियो, जसले मलाई सन्तानसँगको प्रेम र गहिरो सम्बन्धको अनुभूत गराएको थियो ।
मभित्र जिम्मेवारी र विस्मयको लहर ज्वालामुखीजस्तै उफ्रिएँ, अवणर्नीय तर उत्कृष्ट अनुभूति । यो सन्दर्भ बिल्कुलै नयाँ महसुस भइरहेको थियो । अद्वितीय अनुभव, केवल शब्दहरूमा कैद गर्न असम्भव भइरहेछ मलाई ।
सम्भवतः पितृत्वको गहन अभिव्यक्ति, एक जन्मजात प्रवृत्ति जुन पिता बनेपछि सहजै देखा पर्यो । कुनै प्रशिक्षण वा मार्गदर्शन आवश्यक थिएन यसका लागि मलाई । एक प्राकृतिक प्रकाश प्राप्त भइरहे झैं लाग्यो । मानौं यो असाधारण आनन्द हो, एउटा आशाको ज्योति अनि जीवनको ऊर्जा ! म हुनुको उद्देश्यको अर्थबोधको महसुस भइरह्यो मलाई ।
‘नेपाल भ्रमण कहिले गर्ने सोचमा हुनुहुन्छ प्रिये!’ म अमेरिकामा रहँदा श्रीमती कृपाले विगत दुई महिनादेखि निरन्तर यही जिज्ञासा राख्थिन् । त्यो आग्रहलाई राम्ररी सम्झें । ‘कृपया कृषाको आगामी जन्मदिन र तपाईंको आफ्नै उपलब्धिहरू पनि मनाउन घर फर्कनुहोस् जतिसक्दो चाँडो । त्यसका लागि उत्साहित छु । अघिल्लो दिनमात्र अमेरिकाबाट नेपाल आएको थिएँ, क्रिसमसको बिदामा ।
पीएचडी सकेर जर्जिया राज्यको साउथ जर्जिया स्टेट कलेजमा असिस्टेन्ट प्रोफेसर बनेको चार महिनामात्र भएको थियो । यसपटक नेपाल आउनुको एकमात्र कारण थियो- छोरी कृषाको पहिलो जन्मदिन मनाउने । उनको जन्मदिन मंसिर २१ गते पर्छ ।
छोरी जन्मँदा दुई साताको बिदामा नेपाल आएको थिएँ । जतिबेला कृषासँग बिताउने समय थिएन । उनको जन्मदिन मनाउने र भर्खरै हासिल गरेको विद्यावारिधिको उपाधि साथै आफूले अमेरिकामा पाएको असिस्टेन्ट प्रोफेसरको जागिर, सबै सबै खुसीयाली परिवारसँग साट्ने ‘एक्साइटमेन्ट’ थियो ममा ।
के सोचें मैले के भयो अहिले ? गीत यसै रचिएको होइन रहेछ । परिस्थिति सोचे अनुकूल हुँदै भएन । अचानक अर्कै भइदियो । प्रतिकूल परिस्थितिको सामना गर्नुपर्ने समय रहेछ त्यो ।
बिहानको झिसमिसेमा कृषा ब्युँझिइन् । आमाको दूध चुस्न थालिन् । केहीबरेमै बिहानको ६ बज्यो । पत्नी कृपालाई बिहानीपख सुत्न औधी मन पर्छ । त्यही भएर छोरीलाई स्तनपान गराइरहँदा पनि उनका आँखा चिम्म थिएँ । उनका आँखा त्यस्तै देखिन्थे, जसरी कसैले छुँदा चिम्म हुन्छ लज्जावती झारको पात ।
कृपालाई ‘डिस्टर्ब’ गर्न मन लागेन । जुरुक्क उठें र बाथरुम छिरें । काठमाडौंं यसै चिसो त्यसमाथि मंसिर महिना । चिसो बढ्न थालेकाले धारो खोलें र हातखुट्टामात्र धोएँ । त्यही हातले अनुहार मुसारें । ‘आछुछु’ भन्दै धोएजस्तो गरें ।
मेरो आवाज सुनेर कृषा चुस्दै गरेको दूध छोडेर उठ्न खोजिन् । ‘यसलाई लगेर खेलाउनु न हौ बूढो’, कृपा आँखा चिम्लिएरै बोलिन्- ‘म अझै केहीबेर सुत्छु ।’ उनी तन्द्रामै थिइन् । त्यो मलाई कृषासँग समय बिताउने एउटा अवसर झैं महसुस भयो । कृषालाई लिएँ र किङ साइजको पलङको भुइँमा कार्पेटमाथि सुताएर डाइपर फेरिदिएँ । न्यानो कपडा लगाइदिएँ । आफूलाई पनि न्यानो पार्ने प्रयत्न गरें बाक्ला कपडा लगाएर ।
कृषाका लागि नयाँ भएकाले सायद मसँग आउन र बस्न खासै मानिनन् । उनले मलाई देखेको भनेकै कृपाले म अमेरिका हुँदा भिडियो कल गर्दामात्र हो । म उनीहरूलाई अमेरिका ल्याउने तयारीमै थिए, मिलिसकेको भने थिएन । छोरीसँग रमाउने मेरो मन एकातिर सल्बलाइरहेको थियो, अर्कोतिर उनलाई जतिसक्दो अपरिचित अनुहारबाट टाढिनु थियो ।
बिल्कुल नयाँ परिवेश थियो उनका लागि मसँगको सामीप्य । आमासँगको माया भुलाउन प्रकाश श्रेष्ठले गाएको गीत गाउन थालें- ‘तिम्रो आँखाको सागरमा लहर लहर दौडिरहेछ... ।’ त्यसपछि कृषाको आँखामा हेर्दै भन्न थालें- ‘आज त मावलको हजुरआमा आउँदै हुनुहुन्छ नि नानीलाई भेट्न पोखराबाट ।’ सानीछोरीले बुझेजस्तो गरिन् दूधे मुख चुच्चो पार्दै ।
ससुरा बिरामी हुनु भएकाले उहाँलाई नै जँचाउन सासू पोखराबाट बिहानै काठमाडौं आउने योजनामा हुनुहुन्थ्यो । हामी उहाँहरूकै पर्खाइमा थियौं । ‘हुन्छ ममी, हजुर भोलि आउनुहोस् अनि भेटेरै गफ गरौंला’, अघिल्लो रात सुत्नुअघि सासूलाई फेसबुकको भिडियो कलमा भनेको थिएँ ।
एक वर्ष भइसकेको थियो सासूसँग भेट नभएको पनि... । उहाँ पनि मक्ख हुनुहुन्थ्यो ज्वाइँसँग काठमाडौंमै भेट हुने भयो भनेर । अनि पतिको उपचार पनि त्यतै हुने भयो भनेर ।
ससुरा निकै बलियो हुनुहुन्थ्यो, शारीरिक र मानसिक रूपले पनि । तर बिस्तारै पेट दुख्ने रोगले गाँज्न थाल्यो । दुई