Oath Controversies
()
About this ebook
Oath Controversies at top level attracting international attention. The book is in Nepali language.
शपथ विवाद
Reviews for Oath Controversies
0 ratings0 reviews
Book preview
Oath Controversies - Bhava Nath Dahal
परिचय र इतिहास
हुँदै नभएको विवाहबाट जन्मने बच्चालाई महाराज बनाउने र पिता महाराजको मृत्यु पछि राजसिंहासनमा पिताकै प्रतिविम्वमा त्यो बच्चा वा उसका सन्तानलाई महाराज मान्ने र त्यसका लागि आफूले चाही विवाह नै नगर्ने देवव्रत श्र्वेतवीरको प्रतिज्ञाका कारण महाभारत युद्ध हुन पुग्यो । हुने हुनामी दैव नटार भने झै शपथका कारण नाम नै भिष्म नाम पाएका देवव्रतको त्यो शपथ सबैभन्दा महँगो शपथको सूचिमा पहिलो नम्बरमा रहेको छ । हुन त महाभारत कथामा विभिन्न पात्रहरुका शपथहरुले विभिन्न तरीकाले युद्धलाई आमन्त्रित गरेका छन् । हुकुमको तामेलदार दुस्साशनको छातीको रगत पिउने शपथ होस् वा दूर्योधनको जाँघ खुस्काइदिने भिमसेनको शपथ होस् वा द्रुपदको द्रोण मार्ने शपथ, भिष्मको मृत्युको कारण बन्न जाने अम्बाको शपथ, दुस्साशनको मृत्यु नभएसम्म कपाल खुला छोड्ने द्रौपदीको शपथ पनि महाभारत युद्धका सम्झनलायक शपथहरु हुन् ।
महाभारत बाहेक त्यस अघिका घटना भनिएका विभिन्न पौराणिक कथाहरुमा पनि शपथका सरल र मीठा कथा भेटिन्छन् । महाराज सुग्रिव ऋष्यमुक जङ्गलमा वनवासमा रहँदा भेट भएका अर्का वनवासी रामचन्द्रले बानरराज बाली मारेर किष्किन्धा राज्य सुग्रीवलाई दिने शपथ नै लिएर त्यो शपथ पूरा गराउन आफैं लुकेर बाण हानी महावीर बाली मारिदिएका छन् । ममताको अभाव र सौतेनी आमाको ताडना खप्न नसकेका बालक ध्रुवले पनि भगवान नआएसम्म अन्नजल ग्रहण नगर्ने शपथ लिइ तपस्या गरेका छन् । मानसपुत्र प्रजापति दक्षका दुई छोरीहरु कद्रु र विनीता दुवै कस्यपका पत्नि थिए र इन्द्रको घोडाको पुच्छर कालो भए विनीताले पाँच सय वर्ष कद्रुकी दासी बन्नु पर्ने शपथ अनुसार विनीता दासी भएकाले उनका छोरा गरुडले अमृत ल्याइ कद्रुपुत्र नागलाई दिए पछि दासत्व मुक्त गरेको कथा पनि पाइन्छ । मानसपुत्र प्रजापति दक्षकै छोरीको शपथ भएकाले शपथको शुरुवात श्रृष्टिको शुरुवातमै पुगेको कथाबाट आभास हुन्छ । मान्छेको उपचार शुरु गर्नु अगाडी वैद्यले गोप्यता, आहारा, आचार विचार तथा द्वेषका विषयमा शपथ लिनु पर्ने व्यवस्था चरक संहितामा गरिएको देखिन्छ ।
अब्राहमका मूख्य सहयोगी एलिजरलाई उसका छोरा आइज्याकको विवाह क्यानान परिवारमा नगराइ अब्राहम परिवारमा गराउने शपथ नै पहिलो शपथ भएको कुरा पश्चिमी सभ्यतामा अंकित छ ।
इस्लामी, क्रिस्चियन, युहदी संस्कृति अनुसार विवाहमा दुलाहा तथा दुलही दुवैले परस्पर सहयोग र साथको शपथ लिनु पर्दछ । ईश्वरलाई साक्षी राखेको मानेर हिन्दु विवाहमा त सात चोटी शपथ खुवाइन्छ ।
यस हिसावले हेर्दा शपथको इतिहास प्राग्ऐतिहासिक कालदेखिनै शुरु भएको देखिन्छ ।
ऐतिहासिक कालमा पनि परम्परागत शपथको क्रम विभिन्न तरीकाले चल्दैचल्दै आजसम्म आइपुगेको छ । ऐन कानूनमा नै शपथको व्यहोरा राख्नु अगावै रोमनहरुको शपथशिलामा छोएर शपथ गर्ने गराउने, विभिन्न समुदायमा ईश्वर साक्षी राखी धर्म भाक्नेबाट क्रमिक सुधार हुँदै लेख्य कानूनको शुरुवात भए पछि शपथको व्यवस्था कानूनमा नै राख्न थालिएको देखिन्छ ।
विभिन्न संस्कृतिको विविधता तथा रंगिविरंगी इतिहास भएको नेपालको शपथको इतिहासको खासै अन्वेषण भएको छैन । विद्वानहरुले अध्ययन गर्न सकेका शिलालेख, ताम्रपत्र, पुस्तक, ठ्यासफू, टिपोटमा पनि या त व्यक्तिगत कुरा हुन्छन् या साहित्य । विखण्डित रजौटाहरुका अव्यवस्थाका समयमा पनि प्रतिज्ञा वा शपथको सांस्कृतिक रुपमा सर्वस्वीकार्यका कारण होला शपथको विषय कतै लेखिरहनु पर्ने आवश्यकता पनि